राजस्थानसँग चेन्नई ७ विकेटले पराजित, चेन्नईको प्ले अफमा जाने सम्भावना न्यून

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३७ औँ म्याचमा राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले हराएको छ ।

आबुधाबीमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले मात्र १२६ रनको टार्गेट दिएको थियो ।

जवाफमा राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षति मै लक्ष्य पूरा गर्यो । सीजनमा ७ औँ हार पछि चेन्नईको प्ले अफमा जाने सम्भावना न्यून भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?