झापा । रुद्र गौरी, श्री अम्बिका ओली प्रतिष्ठानले वरिष्ठ साहित्यकार चूडामणि रेग्मी ९चुमरे०लाई रु एक लाख एक हजार १११ राशिको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार–२०१९ प्रदान गर्ने भएको छ ।
नेपाली साहित्य क्षेत्रको काव्य, निबन्ध, कथा, समालोचना, हास्यव्यङ्ग्य, भाषा व्याकरणमा सामानरुपले कमल चलाउने झापा भद्रपुर निवासी चुमरेले झर्रोवादी नेपाली भाषामा पु¥याएको योगदानको कदरस्वरुप सो पुरस्कार प्रदान गरिने भएको हो । प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका छन् ।
रेग्मीले विसं २०१२ मा पहिलो यात्रा नामक कथा सङ्ग्रहबाट आफ्नो साहित्यिक यात्राको थालनी गरेका थिए। उनका अन्य चार कथा, आठ निबन्ध, दुई हास्यव्यङ्ग्य, सात समालोचना र तीन वटा भाषा व्याकरण कृति प्रकाशित छन् । यसबाहेक दर्जनौँ साहित्यिक पत्रिकाको पनि उनले सम्पादन गरेका छन्।
प्रतिष्ठानले यसअघि नै विज्ञप्ति जारी गरेर गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट दोलखाकी महिला अधिकारकर्मी सिर्जना कार्की र रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट गोरखा जिल्लाका गाईपालक कृषक राजेन्द्रराज पन्तलाई प्रदान गर्ने जानकारी दिइसकेको छ । दुवै पुरस्कारका राशि रु एक लाख एक हजार १११ रहेको छ ।
समाजमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट व्यक्ति, सङ्घ तथा संस्थाको प्रतिभा र कार्यको संरक्षण, प्रवर्द्धन एवं प्रोत्साहन गर्ने उद्देश्यले दाता स्व श्रीप्रसाद ओलीले एक करोडको विसं २०६७ मा कोष स्थापना गरेका थिए । कोभिड–१९ को महामारीका कारण तीनवटै पुरस्कार सहज अवस्था आएपछि मात्र वितरण गरिने अध्यक्ष ओलीले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया