च्याम्पियन्स लिग : पीएसजी र म्यानचेस्टर युनाईटेड भिड्दै

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर युनाईटेड भिड्दै छन् । नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुने खेलमा पीएसजीले सिजनको पहिलो खेलमा घरेलु मैदानमा युनाईटेडको सामना गर्नेछ ।

Watch live online PSG vs. Manchester United, from the Champions League  2020-2021: Where to watch, TV, channel and Streaming | En24 News

घरेलु मैदानमा पीएसजी जितको लक्ष्यसहित मैदान उत्रने छन् । इंग्लिस क्लबविरुद्ध जित निकाल्न पीएसजीलाई सहज भने हुने छैन । युनाईटेड पनि पीएसजीलाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?