काठमाडौं – अमेरिकामा शक्तिशाली भूकम्प गएको छ ।
नेपाली समयअनुसार बिहान साढे २ बजेतिर अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको हो ।
नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम छ ।
भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार त्यहाँ भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको छ ।
भूकम्पलगत्तै केही स्थानमा सुनामीका साना लहर पनि देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया