कोरोना परीक्षण र उपचारमा सरकारले शुल्क लिन थालेपछि संक्रमण तीव्र विस्तारको जोखिम बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
सामान्य लक्षण देखिएका शंकास्पद व्यक्तिले परीक्षण नै नगर्ने भएकाले समुदायमा संक्रमण व्यापक फैलिने उनीहरूले बताएका छन् ।
विज्ञहरूले कोरोना उपचारमा शुल्क तोकेपछि हुने महामारीले मुलुकको अर्थतन्त्रलाई नै प्रभाव पार्ने चेतावनी दिएका छन् ।
उनीहरूले शुल्क लिने निर्णय यही सरकारले ल्याएको जनस्वास्थ्य ऐन २०७५ विपरीत रहेको बताए । ‘शुल्क लिने निर्णयबाट संक्रमण र मृत्यु बढ्नेछ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीले भने, ‘अन्ततः यसले देशको अर्थतन्त्र ध्वस्त वनाउँछ ।’
करिब एक महिनाअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा स्वास्थ्य मन्त्रालयमा रहेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) का पदाधिकारी सम्मिलित बैठकले कोभिड–१९ को उपचार शुल्क लिने निर्णय गरेको थियो । उक्त निर्णय मन्त्रिपरिषद्बाट हालै पारित भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले निर्णय आइतबारबाटै लागू भएको बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया