सरकार पछि हट्यो, बिमा भुक्तानी पनि सहजै गरिँदैन

कोभिड–१९ संक्रमितको उपचार खर्च सम्बन्धित बिमा कम्पनीले बेहोर्नुपर्ने सरकारी निर्णय भए पनि बिमितले तत्काल यो सुविधा नपाउने भएका छन् । बिमा कम्पनीहरूले तोकिएको समयमा दाबी भुक्तानी नगर्दा यस्तो अवस्था आएको हो ।
संक्रमितले सुरुमा आफ्नै खर्चबाट उपचार गराउनुपर्नेछ । त्यसपछि मात्र कम्पनीबाट शोधभर्ना पाइने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘सुरुमा बिमितले आफ्नै खर्चमा उपचार गर्नुपर्छ,’ उनले भने, ‘सबै कागजात पुर्‍याएर आएपछि बिमा कम्पनीबाट दाबी भुक्तानी पाइन्छ ।’ आइतबारदेखि सर्वसाधारणको उपचार खर्च बिरामी आफैंले बेहोर्नुपर्ने निर्णय सरकारले गरेको छ । यो निर्णयपछि अस्पतालहरूले बिरामीबाट उपचार शुल्क लिन थालेका छन् । बिमा कम्पनीबाट तत्काल दाबी भुक्तानी नपाउने भएपछि बिमित मर्कामा परेका छन् ।
‘सरकारले उपचार आफैं गर्नू भन्छ,’ एक संक्रमितले भने, ‘बिमा कम्पनीले भुक्तानी दिने कहिले हो, यस्तो बेलामा कसरी उपचार
खर्च जुटाउनु ?’

जोखिम उच्च भएको समयमा सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेकाले समस्या भएको उनको गुनासो छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?