दीर्घ कोरोना संक्रमण हुँदा चार भिन्न समस्या पारिरहेको हुनसक्ने अध्ययनको निष्कर्ष

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ।

दीर्घ कोभिड बेहोरिरहेका मानिसहरूमा गम्भीर मनोवैज्ञानिक प्रभाव परिरहेको हुनसक्ने न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चको विवरणमा उल्लेख गरिएको बिबिसीले जनाएको छ ।

अधिकांश मानिसहरूलाई सामान्य कोरोना भाइरस सङ्क्रमण भएको दुई सातामा ठिक हुने र अलि गम्भीर सङ्क्रमण भएमा तीन सातामा ठिक हुने बताइन्छ। तर यो रिपोर्टका अनुसार हजारौँ मानिसहरू ूनिरन्तरको कोभिडू बाट ग्रस्त भएका छन् बिबिसीले लेखेको छ, “यूकेमा कोरोनाभाइरसका मामिला वृद्धि हुँदै जाँदा दीर्घ कोभिड बेहोर्नेको सङ्ख्या पनि आगामी महिनाहरूमा बढ्ने देखिन्छ।”

सामाजिक सञ्जाल फेसबुकमा दीर्घ कोभिडले ग्रस्त भएकाहरूको सहायता समूहमा आबद्ध १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनका अनुसार निरन्तरको लक्षणहरूले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पारिरहेका छन्।

यी लक्षणहरू निम्न चार भिन्न समस्याका कारण भएका हुनसक्छन्

फोक्सो र मुटुमा भएका स्थायी क्षति

सघन उपचारपश्चात् उत्पन्न हुने समस्या

भाइरल सङ्क्रमणपश्चात् हुने थकाइको समस्या

निरन्तर कोभिड- १९ का लक्षणहरूका समस्या

यसरी प्रभावित हुने कतिपयले गम्भीर कोभिड १९ का कारण लामो समय अस्पतालमा बिताउनुपरेको थियो। तर कतिले भने सामान्य कोभिडमात्र बेहोरेका थिए अनि उनीहरूको परीक्षण वा रोग निदान समेत भएको थिएन। अध्ययनले भनेको छ निरन्तर कोभिड १९ को निदानू सम्बन्धी तरिका निर्माण गरेर मानिसहरूलाई सहायतामा पहुँच पुर्‍याउन सकिन्छ।

ूके प्रष्ट भइरहेको छ भने कतिपय मानिसका निम्ति कोभिड(१९ को सङ्क्रमण एउटा दीर्घकालीन रोग हो,ू रिपोर्टमा उल्लेख छ। ूकतिपयका निम्ति यो अवस्था उनीहरूको अस्पताल बसार्इसँग सम्बन्धित छ, तर अन्य कतिपयले भने प्रारम्भिक सङ्क्रमण साधारण भएको र घरमै निको भएको तर पछि विस्तारै लक्षण कडा हुँदै गएको बताइरहेका छन्।

रिपोर्टका लेखक डा। इलाइन म्याक्सवेल भन्छिन् उनलाई सुरुमा गम्भीर कोभिड भएकाहरूलाई मात्र यस्तो समस्या आइपर्छ होला भन्ने लागेको थियो। साथै कोभिडका कारण ज्यान गुमाउने जोखिम कम भएका समूहमा दीर्घ प्रभावको जोखिम पनि कम होला भन्ने उनले ठानेकी थिइन्। तर अध्ययनमा त्यस्तो मात्र पाइएन।

हामीलाई अब थाहा छ कि कतिपय मानिस जसलाई कोभिड सङ्क्रमण भएको पनि पत्तो भएको थिएन उनीहरूलाई यसको दीर्घ प्रभाव हप्तौँसम्म भेन्टिलेटरको सहारामा बाँचेकामा भन्दा पनि ज्यादा देखिएका घटना पनि छन् रहेको बताइएको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?