एभरेष्ट आयल सप्लायर्समा आगलागी, टयाङ्कर जलेर नष्ट

काठमाडौं । भैरहवास्थित एभरेष्ट आयल सप्लायर्समा टयाङ्बाट पम्पमा इन्धन खनाउने क्रममा आगलागी भएको छ ।

आगलागीबाट जलेर टयाङ्कर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

सोमवार साँझ साढे सात बजेको समयमा एक्कासी टयाङ्करमा आगलागी भएको थियो ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका दमकलले आगो निभाइएको थियो ।

समयमा आगलागी नियन्त्रणमा आएकाले पम्प आगलागी हुुनबाट जोगिएको खत्रीले बताए ।
लु २ ख १५४१ नम्बरको टयाङ्करबाट डिजेल खनाउने क्रममा आगलागी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?