राजस्थानलाई चेन्नईको यो सीजनकै सबैभन्दा सानो लक्ष्य

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३७ औँ म्याचमा अहिले चेन्नई सुपरकिंग्स र राजस्थन रोयल्सबीच खेल भईरहेको छ ।

टस जितेर ब्याटिङ रोजेको चेन्नईले यो सीजनकै सबैभन्दा कम स्कोर बनाएको छ । राजस्थानसामु चेन्नईले १२६ रनको झिनो लक्ष्य दिएको हो । मैदान उत्रिए लगत्तै धोनी आईपीएलमा २०० म्याच खेल्ने पहिलो खेलाडी बनेका छन् ।

धोनी बाहेक रोशित शर्माले १९७, सुरेश रैनाले १९३, दिनेश कार्तिकले १९१ र विराट कोहलीले १८६ म्याच खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?