लिवियाली द्वन्द्वरत पक्षबीच जेनेभामा पुनः वार्ता शुरु

जेनेभा । लिबियाको द्वन्द्वमा रहेका प्रतिद्वन्द्वी पक्षहरू एक दशकको रक्तपात अन्त्य गर्ने प्रयासको लागि सोमबार ताजा वार्तामा बसेको पुष्टि संयुक्त राष्ट्र संघले जनाएको छ ।

२०११ मा नेटोको समर्थन पाएको विद्रोहले दिग्गज तानाशाह मोमेर गद्दाफीलाई पदच्युत गरेको र पछि हत्या गरेको थियो । गद्दाफीको अन्त्यपछि लिबिया थप हिंसाग्रस्त बनेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

त्यस बेलादेखि, उत्तर अफ्रिकी मुलुकमा सशस्त्र समूहहरूको प्रभुत्व छ, स्थानीय द्वन्द्व बढेको छ र दुई कडा विरोधी प्रशासनबीच टकराव छ । अगस्टमा दुई सशस्त्र समूहले शत्रुता बन्द गर्ने घोषणा गरेपछि समाधानको आशा बढेको थियो ।

यद्यपि अहिले पनि दुबै पक्षले एक अर्कालाई “आतंकवादी“ समूहलाई समर्थन गरेको आरोप लगाउने गरेका छन् ।

संयुक्त राष्ट्र संघले मान्यता दिएको राष्ट्रिय सम्झौता, जुन त्रिपोलीमा रहेको छ र फयज अल–सराजको नेतृत्वमा रहेको छ । त्यसैगरी पूर्वी क्षेत्रमा प्रभाव रहेको अल–सराजको पूर्व प्रतिद्वन्द्वीले खलिफा हफ्तरले शक्तिशाली समूहलाई समर्थन गरेको छ ।

संयुक्त राष्ट्रसंघबाट मध्यस्थता गरेको वार्ता संयुक्त सैन्य आयोगको ढाँचामा भइरहेको छ । जसमा दुबैतर्फका सैन्य प्रतिनिधिसहित पाँच पाँच जना प्रतिनिधि उपस्थित भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?