थप ३२ जनामा कोरोना संक्रमण

गण्डकी । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ९६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा कास्कीका २७, स्याङ्जाका चार र तनहुँका एक जना छन् ।

सङ्क्रमित सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनकबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?