नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

लागोस । प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ ।

नाइजेरियामा आन्दोलन शान्तिपूर्ण भएको तर प्रहरीले लुट तथा चोरीविरुद्धको कारबाही नाम दिएको प्रहरी दमनको विरोधमा नाइजेरियाली जनता सडकमा उत्रिएको उक्त संगठनले जनाएको छ ।

पश्चिम अफ्रिकी पावरहाउस नाइजेरियामा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा प्रहरी दमन बढ्दो अवस्थामा रहेको उल्लेख छ ।

आर्थिक केन्द्र लागोस, राजधानी अबुजा तथा अन्य शहरमा शान्तिपूर्ण विरोधका कार्यक्रम घोषणा गरी आन्दोलन सुरू भएपनि प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेपछि पछिल्ला दिनहरूमा आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?