प्रदेश १ मा ३३२ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३३२ जना कोरोना संक्रमित थपिएका छन् जसमा १३२ महिला र २०० पुरुष छन ।

थपिएका संक्रमितमा मोरङमा १४४ मध्ये ७१ विराटनगरमा, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा छ , सङ्खुवासभामा चार, इलाममा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा ४६५ जना डिस्चार्ज पनि भएका छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको सङ्ख्या १३ हजार ९८८ पुगेको छ भने अहिलेसम्ममा छ हजार ३९ जना निको भएर घर फर्किएका छन् ।

प्रदेशमा आज एक हजार १४४ सहित कुल एक लाख ४७ हजार ९९४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?