नासाद्वारा चन्द्रमामा ‘4G’ नेटवर्क जडानको जिम्मा नोकियालाई

काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमामा ‘4G’ एलटीई कनेक्टिभिटी जडान गर्ने जिम्मा नोकियालाई दिएको छ ।

नासाले पहिलो सेल्यूलर कनेक्टिभिटीको लागि नोकियालाई कन्ट्रयाक्ट दिएको घोषणा गरेको हो ।

नोकियाले एक स्टेटमेण्टमा एलटीई/’4G’ टेक विश्वसनीय र हाई डेटा रेट्स दिएर चन्द्रमामा क्रान्ति ल्याउने बताएको छ ।

नासा आर्टीमेन प्रोग्रामको रुपमा २०२४ सम्ममा चन्द्रमामा म्यान्ड मिशन पठाउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?