भाइरल भएको नविल बैंकको भिडियो सन्देशमा के छ ?

काठमाडौं । कोरोना भाइरस र नजिकिएको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले कोरोना भाइरसको चेतनामूकल भिडियो सार्वजनिक गरेको छ ।

उक्त भिडियो नबिल बैंकले घटस्थापनाका अवसरमा सार्वजनिक गरेको हो ।

३ मिनेट २६ सेकेण्डको भिडियोमा दशैंको सन्दर्भलाई लिएर चाडपर्वमा बालबालिकाले गर्ने अपेक्षा र अभिभावकले गर्ने जिम्मेवार कोरोना संक्रमित भए पनि अनलाइन बैंकिङ मार्फत सजिलै सपना पुरा गर्न सकिन्छ भन्ने सन्देश रहेको देख्न सकिन्छ ।

उक्त सन्देशमुलक भिडियो अहिले सामाजिक सञ्जालहरुमा निकै लोकप्रीय भइरहेको छ ।

कोरोना भाइरसले बैंकका कर्मचारीहरुसँगै ग्राहकहरु पनि संक्रमित भइरहेकाले उनीहरुको आत्मबल बलियो बनाउन र कोरोनालाई सजिलै जित्न सकिन्छ भन्ने सन्देश दिन भिडियो बनाइएको बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?