डाक्टर शम्भु प्रसाद जमरकट्टेलको नयाँ गीत ‘भरिया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । डाक्टर शम्भु प्रसाद जमरकट्टेलको नयाँ गीत भरिया सार्वजनिक भएको छ ।

आज (सोमवार) ससी कुञ्ज यूट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको हो ।

गीतमा अहिलेको पुस्ता र यो भन्दा पहिलेको पुस्ताले भोगेका श्रव्य दृश्यको इतिहास पोखिएको छ ।

डाक्टर जमरकट्टेलको रचना तथा निर्देशनमा रहेको गीतमा प्रेक्षा गौतमको स्वर तथा म्यूजिक रहेको छ ।

६ मनेट २३ सेकेण्डको यो गीतमा नेपाली गाउँले परिवेशका श्रव्य तथा दृश्यात्मक सामाग्री पस्किइएको छ ।

गीतको रेकर्ड प्रकाश खरेलले गरेका हुन् भने भिडियो सम्पादन अर्घेलो थापाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?