१८ चैत्र २०७९, शनिवार

बेपत्ता युवाको अवस्था अज्ञात

२०७४,आश्विन,११,बुधबार ०६:०७

9
Shares

रत्ननगर, चितवन, ११ असोज (रासस)पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर हराएका भरतपुर महानगरपालिका–२७ मेघौलीका २८ वर्षीय प्रकाश महतोको अवस्था अझै अज्ञात छ ।वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनी दुई महिनाअघि मात्रै फर्केका थिए । असोज १ गते विश्वकर्मा बाबाको पूजाको दिन साथीहरुसँगै पौडीखेल्न गएका उनी नदीमा डुबेर बेपत्ता भएका थिए ।आज दशैंँको फूलपातीमासमेत उनको अवस्था थाहा नभएपछि परिवार चिन्तित भएका छन् ।डुङ्गाको सहयोगमा उनको खोजी जारी राखिए पनि १० दिन हुँदासम्म भेटन नसकिएको उनका काका मायाराम चौधरीले बताए ।उनीसँगै १९ जना साथी गोलाघाटमा पिकनिक गएका थिए । त्यसपछि नारायणी र राप्ती नदीको दोभानमा पौडी खेल्न पुगे । पौडी खेलेर घर फर्किने बेलामा मात्रै प्रकाश हराएको थाहा भएको सँगैपौडी खेल्न गएकाहरुले बताएका थिए ।‘सबैले कपडा लगाएछन्, प्रकाशको मात्रै कपडा बाँकी रहेछ, चौधरीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने, “त्यसपछि मात्रै हराएको थाहा भयो, अनि केही घण्टा खोज्दा फेला नपरेपछि हामीलाई खबर गरे ।”प्रहरी प्रशासनलाई जानकारी गराएपनि खोजीमा खासै चासो नदिएको गुनासो गर्दै उहाँले उनको खोजीका लागि सहयोग गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन ।दिव्यनगर इलाका प्रहरी कार्यालयले भने बोटेहरु लगाएर डुङ्गाको सहयोगमा खोजी कार्य गरेपनि फेला पार्न नसकिएको जनाएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार ०६:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८