सत्तारुढ दलको विद्यार्थी संगठन एकतामा चर्को विरोध, नसच्याए समानान्तर कमिटी गठन गरिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) को एकता विधान विपरित भएको भन्दै चर्को बिरोध भएको छ ।

विद्यार्थी संगठनमा लामो समय काम गरेका बिद्यार्थी नेतालाई लत्याएर आफन्त तथा नाता गोता लाई संगठनको जिम्मेवारी दिएको भन्दै चर्को बिरोध भएको हो ।

संगठनको विधि मिचेर लामो समयसम्म विद्यार्थीको राजनीतिमा सक्रिय भएकाहरुलाई संगठनको जिम्मेवारीबाट हटाएको हुँदा हामी बिरोधमा उत्रेका हौ, अनेरास्ववियु बझाङका पुर्व उपाध्यक्ष पुष्पलाल रोकाया भने संगठनले तत्काल निर्णय नसच्याए जिल्लामा समानान्तर कमिटि गठन गरिनेछ ।

तत्कालीन उपाध्यक्ष पुष्पलाल रोकाया, कोषाध्यक्ष हेमन्त भण्डारी, सहसचिव रामचन्द्र जोशी, पुर्व सह सचिव तथा तत्कालिन सचिवालय सदस्य मोहन कुँबर, सचिवालय सदस्य दिल बहादुर विक, सदस्य अनु गुरुङ, सुवास बोहरा, कटकसिंह धामी, धनेश्वरी पातली, संगिता विक र त्रिवेणी क्याम्पस स्ववियु सभापती जय कुँबरले संयुक्त हस्ताक्षर गरी केन्द्रिय संयोजक ऐन महर र सह संयोजक रन्जीत तामाङ असहमती पत्र पेश गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?