नेपालमा थप १८ जनाको मृत्यु, काठमाडौंमा आज कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै थप २ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थपिएका २ हजार ३८८ जना कोरोना संक्रमित मध्ये २ हजार ८ जना कोरोना संक्रमित काठमाडौं जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार ७१४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २ हजार ८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । यो कुल संक्रमितको ६९.५ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४० हजार ७७८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २६ हजार ९२७ जना र संस्थागत आईसोलेसनमा १३ हजार ८५१ जना छन् । तिमध्ये २८२ जना संक्रमितको आईसियु र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ४७० जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके, दाङ र कास्की गरि १२ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

त्यस्तै नेपालका ७७ वटा जिल्लामध्ये हालको अवस्थामा मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ७५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (आईतवार) नेपालमा २ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ३२६ जना संक्रमणमुक्त भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?