काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् केहिबेरमा बस्न लागेको छ ।
आजको बैठकमा प्रधानमन्त्रीसहित मन्त्री तथा सांसदहरुले दशैँमा पाउने भत्ता कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दाखिला गर्ने विषयमा निर्णय हुनसक्ने बालुवाटार स्रोतले जनाएको छ ।
आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रस्ताव लैजान लागेको स्रोतको दावी रहेको छ ।
स्रोतले दिएको जानकारी अनुसार सबै तहका सरकारलाई दशैँको तलब तथा भत्ता कोरोना कोषमा पठाउनेबारे छलफल हुने बुझिएको छ ।
लुम्बिनी प्रदेश सरकारले आफ्ना मन्त्रीहरूले पाउने दसैँ भत्ता कोरोना कोषमा खर्च गर्ने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया