सोमवार अधिकांश एशियाली शेयर बजार बढ्दा चीनमा भने गिरावट

काठमाडौं । सोमवार नेपालको मात्र नभएर एशियकै प्रमुख शेयर बजारहरु बृद्धि भएका छन् । अमेरिकी वित्तीय प्याकेज र यस वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको भ्याक्सिन आउने अपेक्षासँगै सोमवार एशियाली शेयर बजारमा बढोत्तरी देखिएको छ ।

केही दिन पहिले मात्र पनि एशियाली शेयर बजार साढे ३ वर्षको उचाईमा पुगेको थियो ।

सोमवार जापानको अधिकांश शेयर सूचक १ प्रतिशत भन्दा धेरैले बढेको छ । जापानमो निक्की ५०० १.१६ प्रतिशतले उकालो लागेको छ ।

त्यसैगरी चीनमा आर्थिक गतिविधिमा सुधार हुने विभिन्न संकेत आएता पनि चीनको प्रमुख शेयर सुचकहरु ओरालो लागेका छन् ।

यस्तै हङकङ र साउथ कोरियाको प्रमुख सुचकहरुमा पनि वृद्धि देखिएको छ भने भारतको सम्पूण सुचकहरु सकारात्मक देखिएका छन् ।

न्यूजिल्याण्ड,मंगोलिया, थाइल्याण्डका प्रमुख सुचकहरु ओरालो लाग्दा ताइवान, अष्ट्रेलिया, पाकिस्तान, मलेशिया, इन्डोनएशिया, सिंगापुर, भियतनाम, बंगलादेश, लावस, पिलिप्स, श्रिलंका लगायत मुलुकको शेयरबजारमा वृद्धि देखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?