लद्दाखस्थित भारतीय सीमामा चिनियाँ सैनिक समातिए

काठमाडौं । भारतीय सेनाले चीन-भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको चुमार डेमचोक क्षेत्रमा चीनका एक सैनिकलाई समातेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त चिनियाँ सैनिक गल्तीले भारतीय सीमामा पुगेको बताइएको छ ।

अब उक्त सैनिकलाई सैनिक प्रोटोकलको रुपमा चीनका आर्मीलाई जिम्मा लगाइनेछ । भारत र चीनबीचमा विगत केहि महिना यता लद्दाखको सीमावर्ती क्षेत्रलाई लिएर विवाद चर्किरहेको छ ।

गत जून १५ मा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो भने २८ अगस्टमा भएको पछिल्लो झडपमा एक भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?