काठमाडौँ, ५ चैत-श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सूची तयार पार्ने भएको छ ।श्रममन्त्री गोकर्णराज विष्टले यस्ता म्यानवापर कम्पनीबाट पुनः ठगी हुन नदिन र कारबाही अगाडि बढाउन सूची पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।’एउटै म्यानपावरले पटकपटक ठगी गर्ने गरेको देखियो’, विष्टले भने, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही गरिएको छ । त्यसको विवरण पेस गर्न महानिर्देशकलाई निर्देशन दिएको छु । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया