चिरञ्जिवी सापकोटाको बहिनी सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चिरञ्जिवी सापकोटाको अभिनयमा रहेको बहिनी बोलको गीत सार्वजनिक भएको छ। कारुणिक रस प्रखान गर्ने यो गीत एसथ्रीके इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो । गीतमा बहिनीसँग बिछोडिएका सापकोटालाई वक्षिप्त अवस्थामा देख्न सकिन्छ।

गीतमा उनकी बहिनीको रुपमा श्रवणशक्ति गुमाएका कलाकार सुजल बम देखिएकी छिन् ।

त्यस्तै समीक्षा पोखरेल, दिनेश कठायत, अर्जन विकलगायत कलाकारको भूमिका गीतमा दख्न सकिन्छ ।

परिवारमा बहिनीसँगको घुलमिलदेखि अन्य विषयलाई समेटिएको छ यो गीतको भिडियो १३ मिनेट भन्दा धेरैको रहेको छ ।

गीतको स्वर संगीत तथा एरेन्ज हेमन्त कान्छा रसाइलीको रहेको छ भने भिडियो परिकल्पना तथा शब्द सतिश अधिकारीको रहेको छ। त्यस्तै भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?