काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई दिइएको छ ।
गत असोज २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले उक्त निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सरकारको प्रवक्ता हुने गुरुङ चौथौँ व्यक्ति हुन् । तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदबाट बाहिरिएसँगै तत्कालिन अर्थमन्त्री डा युवराज खतिडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । अर्थमन्त्रीबाट राजिनामा दिइसँगै हालका परराष्ट्रमन्त्री ज्ञवालीलाई तोकिएको थियो । मन्त्री गुरुङलाई सोमवार बाटै लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
यसअघि गुरुङ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका थिए । गत असोज २८ गते भएको मन्त्रिमण्डल पुनगर्ठनपछि गुरुङलाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया