अब होण्डाको ‘सिआर-भि १.६ टर्भो’ नेपाली बजारमा

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नयाँ IDTEC इन्जिन युक्त नयाँ होण्डा सिआर–भि २०२० लाई नेपाली बजारमा लन्च गरेको छ ।

“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जनरेशनको यस होण्डा सिआर–भि २०२० मा हाई–टेक्नोलोजी युक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यान आकर्षण गर्ने विश्वास कम्पनीले गरेको छ ।

आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको कारमा एड्भान्स इन्ट्रिग्रेटेड LED हेड ल्याम्पस्, इनलाइन LED फग ल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ जस्ता विशेषता रहेका छन् ।

त्यस्तै स्मार्ट Keyless Entry, प्याडल सिफ्टिङ्ग गियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?