काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले आफैँ कोरोना परीक्षण गर्नुपर्ने भन्ने सरकारको निर्णय फिर्ता गर्ने सरकारसँग माग गरेको छ ।
कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेको वर्तमान सरकारले परिक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई नेपाली कांग्रेसले अत्यन्तै गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको जनाएको छ । कांंग्रेसका प्रवक्ता एवम् सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार ? भन्दै प्रश्न गरेका छन् ।
कोरोना महामारीले जनताको जीवनमा परेको अवसर दृष्टिगत गर्दै सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको र सरकार जिम्मेवारीबाट पन्छिन नहुने समेत कांग्रेसले जनाएको छ ।
सर्वोच्च अदालतले केहिदिन अघि निशुल्क पीसीआर परीक्षण गराउने व्यवस्था मिलाउनको लागि आदेश दिएको थियो । तर सरकारले उक्त नियम पालना नगरेको भन्दै स्वयम नियम पालना नगर्ने सरकारले जनता, मिडिया , प्रतिपक्षी र अदालत कसैको कुरा पनि नसुन्ने सरकारले कस्को निर्णय सुन्छ भन्दै प्रश्न गरेका छन् ।
“सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ?” जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया