हेर्नुहोस् २०७७ साल कार्तिक ८ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल कार्तिक ०८ गते । शनिवार । इ.स.२०२० अक्टोबर २४ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । आश्विन शुक्लपक्ष । तिथी–अष्टमी,११ बजेर २९ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तराषाढा,०६ बजेर ५० मिनेट उप्रान्त श्रवण । योग– धृति,०७ बजेर १९ मिनेट उप्रान्त शूल । करण–बव,११ बजेर २९ मिनेट उप्रान्त बालव,२३ बजेर १९ मिनेट कौलव ।

आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०९ मिनेटमा, सूर्यास्त १७ बजेर २४ मिनेटमा । दिनमान २८ घडी ०६ पला । शारदीय नवरात्र। अष्टमी, महाअष्टमी व्रत। कालरात्रि। गोरखकाली पूजा ९कुलछिभ्वय०। संयुक्त राष्ट्रसंघ दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यवसायमा लगानी वढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरी आए बढाउन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो पैसाबाट शुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म संस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेको छ । अग्रज,आफन्त तथा दिदि बहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय देखी गरी आएको काम सकिनेछ । मन्दीर तथा धार्मिक सस्थानको यात्रा गरी धर्म कमाउन सकिनेछ । दिन दुखिको सेवामा समय खर्च हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

भौतिक सम्पत्ती तथा विलाशी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यवसायकै शिलशिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ती हात पार्न सकिनेछ । वौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाईमा सहपाठीहरुलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यावसाय सुचारु गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने मावली पक्षबाट सहयोग पाईनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अध्ययनमा भनेजस्तो उपलव्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारेबार गर्नेहरुले राम्रै आम्दानी गर्न सक्नेछन् । पढाई लेखाईमा राम्रो नतिजाका साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । आमा तथा अग्रजहरुको साथ सहयोगले राम्रा तथा उत्पादन मुलक कामहरु गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आँट तथा शाहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्ययमबाट रुढिवादि परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यामबाट अन्धविश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रि भुमिका रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने तथा लगानी बढाउँदा भविष्यमा आम्दानी भईरहनेछ । विभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैया पैसाको बचत हुनेछ । विदेशी सामानको व्यापार व्यवासय फस्टाएर जानेछ भने एनजिओ आईएनजीओ जस्ता सस्थामा काम पाउने तथा बढुवा हुने योग रहेको छ । अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रोमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?