ज्योति लाइफले बोलायो साधारण सभा, आईपीओको प्रस्ताव पारित गराउने तयारी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको आइतवार बसेको सञ्चालक समितिकोे निर्णय अनुसार कम्पनीको तेश्रो वार्षिक साधारण सभा कार्तिक २६ गते , बुधबार,कर्पोरेट कार्यालय, शान्ता प्लाजा, ज्ञानेश्वर, काठमाडौंमा हुने छ ।

साधारण सभा बिहान ११ः३० बजेबाट सुरु हुने जानकारी गराइएको छ ।

सभामा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५÷७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने बताइएको छ ।

त्यसैगरी, सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?