१०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण

काठमाडौं । पौवादुङ्मा गाउँपालिकामा घुम्ती शिविरमार्फत १०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । गाउँपालिकाका प्रत्येक वडालाई केन्द्र बनाएर परिचयपत्र वितरण गरिएको हो ।

शारीरिक रुपमा अशक्त नागरिकलाई गाउँस्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमार्फत ‘क’ वर्गका १२, ‘ख’ वर्गका २२, ‘ग’ वर्गका ३९ र ‘घ’ वर्गका ३१ जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिए ।

यसअघि जिल्ला प्रशासन कार्यालयसंँगको सहकार्यमा घुम्ती शिविरमार्फत नागरिकतासमेत वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । आफ्नै गाउँघरमा राज्यको सेवा लिन पाउँदा स्थानीयवासी खुशी भएका छन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?