गोकर्ण विष्टद्वारा दशैँ भत्ता सांसद सचिवालयमा फिर्ता

काठमाडौं । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवम् नेकपा संसाद गोकर्ण विष्टले आइतवार दशैं खर्च बापतको रकम फिर्ता गरेका छन् ।

कोभिड १९ का कारण देशले चरम संकटको सामना गरिरहेको, अति विपन्न वर्गले चउरमा थाल थापेर छाक टारिरहेको अवस्था तथा विरामीहरुले उपचारका लागी अस्पतालको शैंया सेमत नपाएको अवस्थामा सांसदको हैसियतमा दशैं खर्चको नाममा सुविधा लिने कुरामा सामाजिक न्यायको हिसाबले पनि अनउपयुक्त देखिएको बताउँदै दशैं खर्चको चेक संघिय संसद सचिवालयमा फिर्ता गरिएको बताएका छन् ।

कोरोना माहामारीको अवस्थामा दशैं खर्चको नाममा दिन लागिएको सुविधा वापतको रकम थोरै भएपनि सर्वसाधारण जनताको उपचार र रातमा सहयोग पुगोस् भन्ने विश्वसका आधारमा रकम फिर्ता पठाइएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?