नुवाकोट । जेल सुधारगृह हो र त्यहाँ एक खालको अनुशासन र सिस्टम हुन्छ । जेल थप भ्रष्टीकरणको अखाडा पनि हो त्यहाँ ठूलो आर्थिक चलखेल पनि हुन्छ भनिन्छ । अर्थात जेलमा केही पात्र र व्यक्तिहरु गलत भएपनि सुधारगृह बदनामगृहको रुपमा परिणत हुन पनि समय लाग्दैन ।
यस्तै भएको छ नुवाकोट कारागारमा । नुवाकोट कारागारमा जेलर र चौकीदारको मिलेमतोमा लुट मच्चाइएको त्यहाँ रहेका एक कैदीले गुनासो गरे । हाल जेल नाइकेको भूमिकामा रहेका खेस बहादुर तामाङको हर्कत, जेल प्रशासनले दिएको छुट र उनको अराजकताले सीमा नै नाघिसकेको ती कैदी बताउँछन् ।
जेलमा रहेका उनलाई खुलेआम हिँड्न दिइएको छ भने बाहिर गएर मदिरा पार्टी गर्नेदेखि युवती लिएर होटल होटलसम्म पुग्ने गरेको स्रोतले लोकपथलाई बतायो ।
उनको यस्तो अराजकता मच्चिँदा पनि जेल प्रशासनको रहस्यमय मौनता त छँदैछ । बुझ्दै जाँदा कारागारका जेलरको समेत यसमा मतियारको मूमिका देखिएका छन् । आर्थिक प्रलोभनमा परेर जेलरले तामाङलाई सबै छुट दिएका हुन् ।
स्रोतका अनुसार कारागारका कैदी बन्दीहरुलाई नेपाल सरकारबाट उपलब्ध हुने उपभोग्य सामान दाल, तरकारी र लत्ताकपडालगायत विभिन्न खाद्य वस्तुमा बढी मूल्य कायम गर्ने काम भएको छ भने जेलर कैदीबीचको मर्यादा समेत कायम भएको छैन।
‘एक कैदीले भने, ‘लागु औषध मुद्धामा जेल बसेका तामाङको हर्कतले हामी आजित भएका छौँ । उनी कैदीबन्दीलाई भनी सामान किन्न बाहिर जाने र कताकता हराएर लामो समयपछि जाँडरक्सी समेत लिएर आउँछन् ।’ यसरी ल्याएपछि सो जाँडरक्सी प्रहरी प्रशासनकै सहयोगमा उनले बेचबिखन समेत गर्ने गरेका छन् ।
कारागार नियमावली उल्लंघन गरी रहँदा पनि सम्बन्धित पक्ष बेखबर बनिरहेको स्रोतको भनाइ छ । यो सबै जेलरको आर्थिक अराजकता चौकीदार समेत प्रभावमा पर्दा हुन पुगेको बताइन्छ ।
यसबारे प्रतिक्रिया लिन कारागार प्रशासन र सम्बिन्धित अधिकारीलाई सम्पर्क गर्दा उनीहरु बोल्नै चाहेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया