काठमाडौं । अर्मेनिया र अजरबैजानले आईतवार विवादित क्षेत्र नागोर्नो काराबाखमा एक अर्कामाथि संघर्ष बिराम उल्लंघन गरेको आरोप लगाए ।
शनिवार राती १२ बजेबाट दुबै देशले नागोर्नो काराबाख क्षेत्रमा युद्ध विराम लागू गर्न तयार भएका थिए । बीबीसीका अनुसार अर्मेनियाई रक्षामन्त्रालयले अजरबैजानले शनिवार राती १२ बजे संघर्ष विराम लागू भएको ४ मिनेट पछि तोप र रकेट प्रहार गरेको अर्मेनियाली रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता शुशन स्टिफनले ट्वीट गर्दै भने, ‘हाम्रो दुश्मनले उत्तर तिर १२ः०४ देखि २ः४५ (स्थानीय समय) सम्म तोप र रकेट प्रहार गरेको छ, दक्षिणी दिशामा २ः२० देखि २ः४५ सम्म रहेट प्रहार गरेको छ ।’
शनिवार अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेवले अर्मेनियालाई आरोप लगाउँदै अर्मेनियाले अजरबैजानमा २ हजार भन्दा धेरै घरमा नोक्शान पुर्याएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया