एस्टनको अपराजित यात्रा कायमै, घरेलु मैदानमै लेष्टर स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी एस्टन भिल्लासँग पराजित भएको छ । आइतवार राति भएको खेलमा लेष्टर एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो ।

खेलको इन्जुरी समयमा एस्टन भिल्लाका रोस बार्क्लीले गोल गरेपछि लेष्टर घरेलु मैदानमा पराजित भएको हो । एस्टनले लिगमा अपराजित यात्रा कायम राख्दै चौंथो जित निकालेको छ । ४ खेलमा १२ अंक जोडेको एस्टन दोस्रो स्थानमा रहेको छ ।

Image

दोस्रो हारसँगै लेष्टरले ५ खेलमा ९ अंक जोड्दै लिगको चौंथो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?