जितसँगै रियल सोसिडाड लिगको शीर्ष स्थानमा

काठमाडौं । रियल बेटिसलाई पराजित गर्दै रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतवार राति भएको खेलमा सोसिडाडले रियल बेटिसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियल सोसिडाडका क्रिस्टियन पोर्टुले ४३ औं मिनेटमा गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा मिकेल ओयार्जबलले सोसिडाडको अग्रता २-० को बनाए ।

त्यस्तै, खेलको ८८ औं मिनेटमा एड्नान जानुजाजले गोल गर्दै सोसिडाडलाई ३-० को जित दिलाए । तेस्रो जितसँगै लिगमा सोसिडाडले ६ खेलमा ११ अंक जोडेको छ ।

बेटिसले ६ खेलमा ९ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?