राखेपका नव नियुक्त बोर्ड सदस्यको शपथ ग्रहण आज

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नव नियुक्त बोर्ड सदस्यहरुले आज शपथ ग्रहण गर्दै छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा दिउँसो २ बजे नव–नियुक्त बोर्ड सदस्यको शपथ ग्रहण गर्न लागेका हुन् ।

मन्त्रीपरिषद्को २९ गते बसेको बोर्ड बैठकले राखेपमा ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीले बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरीलाई मनोनित गरेको थिए ।

लगत्तै परिषद् अध्यक्षको हैसियतमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई बोर्ड सदस्य नियुक्त गरेका थिए ।

मन्त्री विश्वकर्माले बोर्ड सदस्यमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द्र भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनित गरेका थिए ।

सरकारले राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई यसअघिनै नियुक्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?