काठमाडौं । फ्रान्समा एक स्कूल शिक्षकको हत्याको बिरोधमा अहिले पेरिसका विभिन्न स्थानमा र्याली भईरहेको छ ।
पुलिसका अनुसार स्यामुएल प्याटीलाई शुक्रवार कनफ्याल्यान्स सेन्ट होनोरिनमा १८ वर्षीय किशोरले घाटी रेटेर हत्या गरेका थिए ।

त्यसपछि पुलिसले उनलाई पक्राउ गर्ने क्रममा गोली हान्दा उनको मृत्यु भयो । इतिहास पढाउने शिक्षकले प्यागम्बर मोहम्मदको क्लास क्यारिकेचर देखाएका थिए ।
त्यसपछि अहिले फ्रान्समा बिरोध प्रदर्शन भईरहेको छ । प्रदर्शनमा फ्रान्सका प्रधानमन्त्री पनि सहभागी बनेका थिए ।
फ्रान्सका ४७ वर्षीय प्रधानमन्त्री जीन क्यास्टेक्स पेरिसको प्लेस डी ला रिपब्लिकमा आईतवार भएको प्रदर्शनमा सहभागी बनेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया