आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३७ औँ म्याचमा आज चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

खेल आज साँझ पौने ८ बजे आबुधाबी’मा हुनेछ । दुबै टीम ९ खेलमा तीनमा मात्र विजयी भएका छन् । आजको खेल दुबै टीमको लागि गर वा मरको स्थितीमा रहेको छ ।

हार्ने टीम प्ले अफमा जाने सम्भावना कम रहेको छ । यो भन्दा अगाडि राजस्थानले १६ रनले चेन्नईलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?