काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३६ औँ म्याच लीगको इतिहासकै सबैभन्दा रोमाञ्चक म्याच भयो ।
मुम्बई इण्डियन्स र किंग्स इलेभन पञ्जावबीचमा भएको खेलमा पहिला म्याच टाई भयो । त्यसपछि सुपर ओभरमा मुम्बईले पञ्जावलाई १२ रनको टार्गेट दियो ।
यसमा पञ्जावका मयंकले शानदार फिल्डिङ गरे भने गेलले ब्याटिङ ।
गेलले सुपर ओभरको पहिलो बलमै छक्का हाने, त्यसपछि एक रन लिए, त्यसपछि मयंकले लगातार दुई चौका हानेर गेम जिताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया