मलेसियाको सडकमा दयनीय अवस्थामा भेटिए नेपाली, दुई दिनपछि मृत्यु

मलेसियाको सडकमा दयनीय अवस्थामा भेटिएको एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । उनी शुक्रबार सडकमा अलपत्र र घाउचोट लागेको अवस्थामा फेला परेका थिए ।

शुक्रबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित नेपाली दूतावास नजिकैको बाटोमा उनी अशक्त र अलपत्र अवस्थामा भेटिएको दूतावासले जनाएको छ ।

नेपाली अलपत्र अवस्थामा भेटिएको खबर नेपाली नेपाली दूतावासले गराएपछि उनलाई एनआरएनए मलेसियाले दूतावासकै सहयोगमा स्थानीय क्लिनिकमा उपचार गराइ होस्टलमा राखेको थियो ।

तर उनको आइतबार मृत्यु भएको हो । एनआरएनएका अनुसार उनलाई उद्धार गरिएपनि कुनै कागजाज नहुँदा ठुलो अस्पताल भर्ना गर्न समस्या भएको र त्यसका लागि नेपाली दूतावासले आवश्यक प्रकृया मिलाउँदै गर्दा मृत्यु हुन पुगेको जनाएको छ । सडकमा अलपत्र फेला परेका राईमा प्यारलाइसीयको समस्याका समेत रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?