रुसमा कोरोना संक्रमितको संख्या १४ लाख नजिक

रुसमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । हालसम्म रुसमा संक्रमितको संख्या १४ लाख नजिक पुगेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार संक्रमितको संख्या १३ लाख ९९ हजार ३३४ पुगेको छ ।

यस्तै हालसम्म रुसमा १४ हजार बढीको मृत्यु हुँदा निको हुनेको संख्या १० लाख ७० हजारको हाराहारीमा रहेका छन् । हालपनि रुसमा ३ लाख बढी नागरिक सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?