मकवानपुर । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले आजदेखि नागरिकता वितरणका साथै राहदानी सिफारिसलगायत अन्य शान्तिसुरक्षाको व्यवस्थापनको कार्य पुनः शुरु गरेको छ ।
केहीदिन अघि सो कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यही कात्तिक १ गतेसम्मका लागि ती सेवा बन्द गरिएको थियो ।
सो कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई प्रत्येक फाँटका कर्मचारीले सम्पर्क गरी सेवा सुविधा उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माले जानकारी दिए ।
यसैगरी हेटौंडा उपमहानगरपालिकाले आज कात्तिक २ गतेदेखि ६ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय फिर्ता लिएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया