पञ्जावविरुद्ध टस जितेर ब्याटिङ गर्दै मुम्बई, अंकतालिकाको शीर्ष स्थानमा उक्लिने मौका

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३६ औँ म्याचमा अहिले मुम्बई इण्डियन्स र किंग्स इलेभन पञ्जावबीच खेल भईरहेको छ । मुम्बईले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै पञ्जाव बलिङ गर्न उत्रिएको छ ।

दुबै टीमले प्लेइङ ११ मा केहि परिवर्तन गरेका छैनन् । पञ्जाव ८ मा २ म्याच जितेर अंकतालिकाको ८ औँ नम्बरमा रहेको छ भने मुम्बई दोश्रो नम्बरमा छ । आजको खेल जितेमा मुम्बई शीर्ष स्थानमा उक्लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?