एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको टे«जरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो ।

केन्द्रीय बैंकका अनुसार चार अर्ब रुपैयाँ बराबरको टे«जरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?