ओली – प्रचण्ड वार्ता सकियो, के भयो कुराकानी ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको आज (आईतवार) भएको छलफल सकिएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले दिएको जानकारी अनुसार पछिल्लो समय उत्पन्न विवाद लगायत अन्य विविध राजनीतिक विषयमा छलफल गर्न बालुवाटारमा बसेको बैठक केहिबेरअघि सकिएको हो ।

बैठकमा समसामयिक राजनीतिक गतिवीधि लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

पछिल्लो समय कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव प्रकरण र मन्त्रिपरिषद्‌ पुनर्गठनपछि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बाक्लो भेटघाट भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?