अब देशमै छ रोजगारी !

काठमाडौं । हरेक वर्ष करिब ५ लाखको हाराहारीमा विद्यार्थीहरुले एसईई उत्तिण गर्छन भने करिब ३ देखि ४ लाखको हाराहारीमा विद्यार्थीहरुले प्रमाणपत्र तह उत्तिण गर्छन ।

यस तथ्याकंलाई मध्यनजर गर्दा ५ लाख भन्दा बढि मानिसहरु हरेक बर्ष श्रम बजारमा भित्रिन्छन् । उनीहरुमध्य कत्ति उच्च शिक्षाका लागि विदेशीने गर्छन, कोही स्वदेशमै आफ्नो शिक्षालाई निरन्तरता दिन्छन् भने ती मध्य बाँकी आफ्नो पढाइलाई पूर्णविराम लगाउँदै रोजगारीका लागि खाडी मुलुकको यात्रा तय गर्दछन् ।

पछिल्ला केही वर्षयत्ति विदेशीनेहरुको लहर ह्वात्तै बढेको पाइन्छ, अहिले पनि श्रम कार्यालय परिसरमा जाने हो भने युवा जमातको ठुलै भिड देख्न सकिन्छ । तर, कुनै खतराको घण्टी बिना नै आएको कोरोना महामारीले विश्व स्वास्थ्यलाई मात्र चुनौती नदिएर अर्थतन्त्रमा राम्रै फड्को मारेका देशलाई पनि नराम्रोसंग प्रभावित पारेको छ ।

पछिल्ला ७ महिनामा कोरोनाले व्यापार, व्यवसाय लगायत सम्पूर्ण क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारण कत्ति देशहरुमा आर्थिक मन्दिको अवस्था पनि सृजना भइसकेको छ । र, विज्ञहरुले कोरोना महामारीलाई सन् १९३० को ग्रेट डिप्लेसन भन्दा ठुलो भएको अंकलन गर्दै आइरहेका छन् ।

यस विशंम परिस्थितिमा विदेशमा रहेका नेपालीहरु स्वदेश फर्ती हुने क्रम पनि बढिरहेको छ । यस महामारीकै कारण अर्को वर्षभित्र विदेशमा विभिन्न प्रयोजनका लागि बसोबास गर्दै आइरहेका करिब ७ लाख नेपालीहरु स्वदेश फर्किने अनुमान गरिएको छ । र, यो संकटबाट बच्नका लागि नेपालले करिब १० लाख नयाँ रोजगारी सृजना गर्न आवश्यक छ ।

विदेशबाट फर्किने नेपालमी र स्वदेशमै रहेका युवाहरुलाई रोजगारीका बाटोहरु खुलाउदै समयमै यस समस्याका समाधान गर्नका लागि नेपालमा यूकेएडको सीपको सहकार्यमा रोजगारी डट कम लागि परेको छ । विशेष गरी प्रदेश २ र प्रदेश ५ का रोजगारी खोजकर्ताहरुलाई लक्षित गर्दै विभिन्न रोजगारीका अवसरहरु सृजना गरिएको छ । नेपलमा करिब ३१ प्रतिशत बेरोजगारीको संख्या रहेपनि दक्ष जनशक्तिका लागि नेपालमै प्रशस्त सम्भावना र रोजगारीहरु रहेका छन् ।

रोजगारी डट कमका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीका अनुसार “नेपालमा काम उपलब्ध नभएको होइन प्रशस्तै कामहरु छन् । कामको खोजी गर्ने खोजीकर्ता पनि छन् तर उपलब्ध भएका काम अनुसार दक्ष जनशक्ति भने पाइदैनन् । हाम्रो प्ल्यार्टफर्ममा दैनिक हजार भन्दा बढि रोजगारी खोज्नेहरु आउँछन् तर सीपको अभाव हुँदा सबैले रोजगारी नपाउँन सक्छन् । हामी कामको माग अनुसार जनशक्तिलाई आवश्यक तालिम पनि दिँदै आइरहेका छौं ।”

लकडाउनले गर्दा रोजगारी गुमाएका देखि लिएर श्रम बजारमा भर्खरै प्रवेश गरेका फ्रेसरहरुलाई पनि रोजगारी डटकममा विभिन्न अवसरहरु छन् । यसका लागि मोबाइल एपलिकेसन, वेव ब्राउजर, रोजगारी पसल, घुम्ती रोजगारी पसलमा भ्रमण गरेर उचित रोजगारी, तालिम वा स्व—रोजगारी हासिल गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?