काठमाडौं । कैटरिना कैफ र रणबीर कपूरको ब्रेकअप भएको ४ वर्ष भएको छ । रणबीर अहिले आलिया भाटसँग डेट गरिरहेका छन् ।
त्यस्तै कैटरीना भने लामो समयसम्म सिंगल रहेकी छन् । हालै कैटरीनाले आफ्नो जीवनको बारेमा बताएकी छन् ।
फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा उनले सिंगल किन र कसैसँग डेट किन नगरिरहेको भन्ने प्रश्नमा उत्तर दिएकी छन् ।
उनले त्यस विषयमा भनिन्, ‘मलाई थाहा छैन कि, म अब फेरि कसैसँग डेट गर्छु ।’
यसैबीचमा कैटरीना र विक्कि कौशलको सम्बन्ध नजिकि रहेको बताइएको छ । केहि समय पहिला मात्रै विक्कीले गर्लफ्रेण्ड हरलीन सेठीसँग ब्रेकअप गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया