२०७७, २ कार्तिक आईतवार १७:५८

१ करोड ५७ लाख बढी मूल्य बराबरको यार्सागुम्बासहित एक जना पक्राउ


प्रकाशित मिति : २०७७, २ कार्तिक आईतवार १७:५८

दार्चुला । दार्चुलामा १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका-३ बस्ने ३५ वर्षीय दोकार लामा रहेका छन् । उनलाई शनिवार दिउँसो महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्सागुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो ।

बरामद यार्सागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस