सोमवारदेखि अपि पावर कम्पनीको राईट शेयर बिक्रि हुने (पूर्ण विवरणसहित)

काठमाडौं । अपि पावर कम्पनीको सोमवारबाट हकप्रद शेयर बिक्रि हुने भएको छ । कम्पनीको १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ७ हजार कित्ता साधारण शेयर रहेकोमा १ : ०.४७६१९०४७६१९ अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.४७६१९०४७६१९ कित्ता हकप्रद निष्काशन गर्ने लागेको हो ।

अपि पावर कम्पनीले १ : ०.४७६१९०४७६१९ को अनुपातमा १ सय रुपैयाँ आंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले “हामीलाई निष्काशनकर्ता संगठित संस्था तथा यसका संस्थापक÷संचालकहरुले उपलब्ध गराएको विवरण तथा जानकारीहरुको आधारमा यस संस्थाको व्यबस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययनबाट हामी सन्तुष्ट हुनुको साथै “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यबस्था तथा विवरणहरु” मा लेखिएका आर्थिक विवरणहरु र अन्य जानकारी तथ्यगत, पूर्ण र सहि देखिएकोले लगानीकर्ताहरुलाई लगानी सम्बन्धी निर्णय लिन मद्दत पुग्ने कुरा प्रति विश्वस्त भई हामीले यो “हकप्रद शेयर निष्काशन सम्बन्धी ब्यवस्था तथा विवरणहरु” स्वीकृतीका लागि नेपाल धितोपत्र वोर्डमा “धितोपत्र सम्वन्धी ऐन, २०६३” र “धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३” अनुरुपको योग्यता पुगेको प्रतिवद्धतापत्र प्रस्तुत गरेका छौं साथै धितोपत्रको लगानीमा हुन सक्ने जोखिम बारे लगानीकर्ता स्वयंले विचार गर्नु पर्नेछ” भन्ने उद्घोष गरेको छ ।

यस हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु अनुसार साविक शेयरधनीहरुमा निष्काशन गरिने हकप्रद शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको ब्यबस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ईक्रा नेपाल लि.ले “ईक्रा एनपि आईपियो ग्रेड ४” प्रमाणपत्र प्रदान गरिएको छ “ईक्रा एनपि आईपियो गे्रड ४” ले संगठित संस्थाको अवस्था औषत भन्दा तल रहेको देखाउँछ ।

हकप्रद शेयर निष्काशन गरि बाँडफाँड गर्नु पूर्व कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रहेको छ । हबप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ कायम हुने छ ।

विवरण हेर्न तलको लिंक क्लिक गर्नुहोस् 

XdlXdmPWqRSJ5r4SJrA97r3Nz6fok7uJUWsdv2zE

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?