हैदराबादलाई कोलकताको १६४ रनको लक्ष्य

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३५ औँ म्याचमा अहिले सनराइजर्स हैदराबाद र कोलकता नाइटराडर्सबीच खेल भईरहेको छ ।

हैदराबादले टस जितेर बलिङ रोजेसँगै ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको छ ।

कोलकताका लागि शुभमन गिलले ३६,राहुल त्रिपाठीले २३, नितिश रानाले २९, आन्द्रे रसेलले ९, इयोन मोर्गनले ३४ र दिनेश कार्तिकले नट आउट २९ रनको योगदान दिए।

लगातार दुई म्याचमा हार व्यहोरेको हैदराबाद र कोलकता जस्तोसुकै अवस्थामा पनि खेल जित्नै पर्ने सोचमा मैदान उत्रिनेछन् ।

साथै हैदराबादका कप्तान डेभिड वार्नरलाई आईपीएलमा ५ हजार रन पूरा गर्ने अवसर रहेको छ । उनी यो आँकडा छुनबाट १० रन टाढा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?